
युक्रेनको सेनाले नियमित रूपमा उसले रुसी फौजमाथि पुर्याएको क्षतिबारे जानकारी दिने गरेकाे छ । रुसी सेनाले लगातार महत्त्वपूर्ण सहरहरूमा सङ्घर्ष सघन पारिरहेको छ ।
तर युक्रेनी सेनाले दिएको पछिल्लो जानकारीमा झन्डै ९,००० रुसी सैनिक हताहत भएका छन् ।
साथै युक्रेनी सेनाले गरेको दाबीअनुसार रूसलाई उसले पुर्याएको क्षति पुर्याएको यस प्रकार छ –
-२१७ ट्याङ्क ध्वस्त पारिएको
-९० आर्टिलरी प्रणाली नष्ट पारिएको
-३१ हेलिकप्टर ध्वस्त पारिएको
-३० विमान ध्वस्त पारिएको
रुसले बुधबार पहिलो पटक उसको सेनामा पुगेको क्षतिबारे जानकारी दिएको थियो । उसका अनुसार ४९८ रुसी सेना मारिएको अनि १,६०० घाइते भएका छन् ।
उसले २,८७० युक्रेनी सेैनिक तथा ‘राष्ट्रवादी’हरू मारिएको बताएको छ । द्वन्द्वमा परेर सयौँ गैरसैनिकको पनि ज्यान गएको छ ।
क्षतिबारे गरिएका दाबी बीबीसीले स्वतन्त्र रूपमा पुष्टि भने गर्न सकेकाे छैन ।
– बीबीसीबाट