• २०८३ साउन १
  • 2026 July 17, Friday

‘कबड्डी ४’ को रिलिज मिति सर्‍यो, कहिले आउँछ प्रदर्शनमा ?

काठमाडाैं । चलचित्र ‘कबड्डी ४ : द फाइनल म्याच’ ले नयाँ प्रदर्शन मिति घोषणा गरेको छ ।

पूर्व घोषित मितिमा सरकारले स्थानीय तहको निर्वाचन हुने घोषणा भएपछि चलचित्र युनिटले १३ जेठमा रिलिज हुने घोषणा गरेको हो ।

निर्देशक रामबाबु गुरुङले फिल्मको नयाँ पोस्टरसहित फिल्मको नयाँ डेट सार्वजनिक गरेका छन् । नेपाली फिल्मको हिट फ्रेन्चाइज ‘कबड्डी’ को चौथो शृंखलालाई ‘द फाइनल म्याच’ भनिएको छ । यस शृंखलामा कथा सकाइने बताइएकाले गर्दा पनि फिल्म झनै प्रतीक्षित बनिरहेको छ ।

बाँसुरी फिल्मसको प्रस्तुतिमा तयार भएको फिल्ममा दयाहाङ राई, सौगात मल्ल, मिरुना मगर, गौमाया गुरुङ, बुद्धि तामाङ, विजय बराल, कमलमणि नेपाल, पुष्कर गुरुङ, कविता आले, जयनन्द लामा, प्रकाश घिमिरे, माओत्से गुरुङ, शरद अधिकारी लगायतका कलाकारको अभिनय छ ।

फिल्ममा शैलेन्द्र डी कार्कीको छायांकन, निमेष श्रेष्ठको सम्पादन, कालीप्रसाद बाँस्कोटा, एसडी योगी, अनुपम शर्माको संगीत, रामबाबु गुरुङ र उपेन्द्र सुब्बाको लेखन छ । फिल्ममा विशाल गुरुङ, सुष्मा गुरुङ, मधु मिजार र मणिराम पोखरेलको लगानी छ ।