• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

युक्रेनमा एउटा मालवाहक पानीजहाज डुब्याे

एउटा विस्फोटपछि युक्रेनको तटनजिक एउटा मालवाहक पानीजहाज डुबेको छ ।

सो जहाजका मालिक रहेका इस्टोनियाका व्यक्तिले त्यसबारे जानकारी गराएका हुन् ।

विस्फोट कसरी भयो भन्नेबारे अहिलेसम्म थाहा हुन सकेको छैन ।

जहाजका मालिकले युक्रेनको स्थानीय राहत सेवाले चालकदलका दुई सदस्य र अन्य चार जनाको उद्धार गरेको पनि बताएका छन् ।

उक्त जहाज केही दिनअघि दक्षिणी बन्दरगाह चोर्नोमोर्स्कबाट बाहिरिएपछि ओडेसानजिकै युक्रेनको तटमा पार्क गरिएको थियो ।

-बीबीसी