• २०८३ असार १३
  • 2026 June 27, Saturday

झलनाथ खनाल आफैँले आफैँलाई गद्दार भने हुन्छ : गगन थापा (भिडिओसहित)

काठमाडाैं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले ‘आफैँले आफैँलाई गद्दार भने हुन्छ’ भनी टिप्पणी गरेका छन् । महामन्त्री थापाले भने- ‘झलनाथ खनालले अरुलाई गद्दार भन्दै गर्दा आफैँतिर औँला उठाउन पर्ने, नेकपा माओवादीका नेताहरुले अरुलाई गद्दार भन्दै आफैँतिर औँला तेर्साउनुपर्छ ।’

नेपाली कांग्रेस सिन्धुपाल्चोक काठमाडौं सम्पर्क समितिले काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै थापाले एमसीसीमा गद्दार मुर्दावाद भन्ने एमाले, माओवादीलगायतका नेताले आफैँलाई गाली गर्न भनेका हुन् ।

थापाले अगाडि भने, ‘कम्युनिस्टको ढोंगी चरित्रलाई चिर्न एमसीसी प्रकरण प्रयोग गर्नुपर्छ । कम्युनिस्टका नेतृत्वमै अघि बढेको हो एमसीसी । एमालेको सरकारले संसदमा दर्ता गरेको। यस्तो दलाली गर्न पाइन्छ। झलनाथ खनालले एमसीसी पारित गर्नेलाई गद्दार मुर्दावाद भन्दा आफैतिर औंला फर्काउनुपर्छ। आफैलाई लोप्प खुवाउनुपर्छ ।’

एमसीसीबारे प्रश्न गर्ने एमाले नेता कार्यकर्तालाई टिकट काटेर बालकोटमा पठाउनसमेत उनले आग्रह गरे । यसैगरी, एमसीसीबारे प्रश्न गर्ने माओवादी कार्यकर्तालाई खुमलटार पठाउनुपर्ने उनको भनाइ थियो ।

हेर्नुहाेस् भिडियाे :