• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

१८ महिने बालिकाको बलात्कारपछि हत्या, दुई जना पक्राउ

मोरङ । १८ महिने बालिकाको बलात्कारपछि हत्या गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मोरङ सुन्दर हरैँचा नगरपालिका(७ का २५ वर्षीय अजय चौधरी र २८ वर्षीय मिथुन चौधरी रहेका छन् । आइतबार जिल्ला प्रहरी कार्यालय मोरङले पत्रकार सम्मेलन गरी घटनामा संलग्न भएको आरोप लागेका दुवैलाई सार्वजनिक गरेको हो ।

पक्राउ परेका दुवै जनाले ललाईफकाई नजिकैको झाडीमा लगेर बलात्कार गरेको स्वीकार गरेको मोरङ प्रहरीले दाबी गरेको छ ।

मोरङको सुन्दरहरैँचा नगरपालिका–७ गणेशपुरकी बालिकामाथि शुक्रबार दुवै अभियुक्तले बलात्कार गरेका थिए । यसपछि उनीहरू दुवैले बालिकाको टाउकोमा ढुंगा प्रहार गरेका थिए ।

बालिकालाई गम्भीर घाइते अवस्थामा घर नजिकैको झाडीमा फेला पारिएको थियो । उनीहरूविरुद्ध प्रहरीले अदालतबाट म्याद लिएर अनुसन्धान अघि बढाएको छ ।