• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

रुसले गर्‍याे खतरनाक आणविक क्षेप्यास्त्र प्रहार गरेकाे भिडियो फुटेज सार्वजनिक

काठमाडाैं । रुसले आफ्नो खतरनाक आणविक क्षेप्यास्त्र जिर्कोनको भिडियो फुटेज सार्वजनिक गरेको छ । उक्त क्षेप्यास्त्र प्रहार गरेको पाँच मिनेटमा लन्डन पुग्न सक्ने बताइएकाे छ ।

रुस सरकारले यस घातक हतियारलाई कसैले पनि रोक्न नसक्ने बताएको थियो ।

माख ९ जिर्कोन ह्वाइट सीमा रहेको एड्मिरल गोर्शकोभ फ्रिगेटबाट प्रहार गरिएको हो । यो भिडियो फुटेज अहिले सार्वजनिक गरिएको भए पनि यसलाई डिसेम्बर महिनामै खिचिएको बताइएकाे छ ।

युक्रेनमाथि रुसले गरेको आक्रमणमा कुनै मुलुकले हस्तक्षेप गरेमा रुसले आणविक हतियार समेत प्रयोग गर्न सक्ने चेतावनी पुटिनले दिइरहेकाे बेलामा उक्त भिडियाे फुटेज आएकाे छ ।

पश्चिमी देशहरुमाथि दबाब बढाउनका लागि रुसले अहिले उक्त भिडियाे सार्वजनिक गरेकाे हाे । रुसले तीन सातादेखि युक्रेनमाथि आक्रमण गरिररहेकाे छ ।

Russia releases footage of 7,000mph hypersonic nuke missile that could hit London in five minutes pic.twitter.com/GR4a57fh68

— The Sun (@TheSun) March 15, 2022