फेरि बढ्याे पेट्राेलियम पदार्थकाे मूल्य

काठमाडाैं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ ।

बुधबार बेलुकी बसेको निगम सञ्चालक समितिको बैठकले बुधबार नै राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजल र मट्टीतेलको मूल्यमा प्रतिलिटर पाँच रुपैयाँ वृद्धि गरेको हो ।

यस्तै, हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर १५ र हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोलिटर दुई सय अमेरिकी डलर वृद्धि भएको निगमले जनाएको छ ।

निगमले खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत् राखेको छ । मूल्य वृद्धिपछि पेट्रोलको मूल्य प्रतिलिटर एक सय ५५, डिजल/मट्टीतेलको मूल्य प्रतिलिटर एक सय ३८, हवाई इन्धन आन्तरिक को मूल्य प्रतिलिटर एक सय ५१ र हवाई इन्धन अन्तर्राष्ट्रिय को मूल्य प्रतिलिटर अमेरिकी डलर १ दशमलव ४९५ पुगेको छ ।

मूल्य वृद्धि गर्दा पनि आउँदो १५ दिनमा झण्डै चार अर्ब ६६ करोड रुपैयाँ नोक्सानी हुने निगमले जनाएको छ ।

सञ्चित बचत सकिएको र घाटा उच्च भएकाले इन्डियन आयल कर्पोरेशन आईओसी लाई भुक्तानी गर्न रकमको अभाव भएको निगमले जनाएको छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१