मन्त्रिपरिषद् हेरफेर हुन सक्छ : प्रचण्ड

काठमाडाैं । नेकपा माओवादी केन्द्रका अध्यक्ष ‘प्रचण्ड’ले मन्त्रिपरिषद् हेरफेर हुन सक्ने बताएका छन् ।

पार्टीले आयोजना गरेको चुनावलक्षित प्रशिक्षण कार्यक्रम सम्बोधन गर्न मंगलबार बिहान जनकपुर पुगेका प्रचण्डले पत्रकारसँगको कुराकानीमा मन्त्रिपरिषदमा परिवर्तन हुने सम्भावना रहेको जानकारी दिएका हुन् ।

‘मन्त्रिपरिषदमा हेरफेरको कुरा छ, तर अहिलेसम्म औपचारिक ढंगले टुंगिएको चाहिँ छैन, सम्भावनाचाहिँ छ’, उनले भने ।

यस विषयमा प्रधानमन्त्री देउवालाई गठबन्धनका लागि सबैभन्दा ठूलो त्याग माओवादीले गरेको भन्ने कुरा आफूले राखेको पनि जानकारी गराए ।

प्रचण्डले भने, ‘अहिले चाहिँ यदि मन्त्रिमण्डलमा हेरफेर हुने स्थिति आयो भने हामीलाई हाम्रो हैसियतअनुसार मन्त्रालय चाहिन्छ भनेर हामीले प्रधानमन्त्रीलाई भन्या छौं, उहाँ सहमत पनि हुनुहुन्छ ।’

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१