• २०८३ साउन ५
  • 2026 July 21, Tuesday

फेरि बढ्न थाल्याे युरोपमा कोभिड संक्रमण

जर्मनी, फ्रान्स, इटाली र बेलायत लगायत धेरै युरोपेली देशहरूले कोभिड-१९ विरुद्धको प्रतिबन्धात्मक उपायहरू एक्कासि हटाएपछि सङ्क्रमण पुनः बढेको पाइएको छ। विश्व स्वास्थ्य संगठनले मङ्गलबार बताएअनुसार युरोपमा कोभिड सङ्क्रमणका घटनाहरु बढेको पाइएको छ।

डब्ल्युएचओ युरोपका निर्देशक हान्स क्लुगेले मोल्डोभामा पत्रकार सम्मेलनमा उल्लेख गरेअनुसार युरोपमा महामारीको बढेको छ तर नियन्त्रण गर्न सकिने आशा छ।