पृथ्वीनारायण शाहको दिब्य उपदेश नै मुलुक सुहाउँदो अर्थ राजनैतिक सिद्धान्त हाे : ज्ञानेन्द्र शाही

काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता तथा प्रवक्ता ज्ञानेन्द्र शाहीले पृथ्वीनारायण शाहको दिब्य उपदेश नै मुलुक सुहाउँदो अर्थ राजनैतिक सिद्धान्त भएकाे बताएका छन् ।

उनले मुलुक जोगाउने हो भने पृथ्वीनारायण शाहकाे पथमा लाग्न आह्वान पनि गरे । बिहीबार नेपाल एकीकरणको सुरुवात भएको स्थान गोरखाको भूमिबाट राष्ट्रनिर्माता पृथ्वीनारायण शाहलाई सम्झिएर शाहीले भने, ‘पृथ्वीनारायण शाहको दिब्य उपदेश नै यो मुलुक सुहाउँदो अर्थ राजनैतिक सिद्धान्त हो ।’

पृथ्वीनाराण शाहका कारण नै आज हामी नेपाली हुँ भनी गर्व गर्न सकिरहेकाे उनले बताए । उनले भने, ‘यो मुलुकको निर्माण कसैले गरेको हो भने त्यो एक मात्र व्यक्ति पृथ्वीनारायण शाह हो । जसका कारणले आज हामी शानसँग नेपाली हुँ भनेर हिँड्न पाएका छौँ । यदी पृथ्वीनारायण शाहले यो मुलुकको एकीकरण नगर्दिनुभएको भए हामी भारत र चीनका गुलाम भैसक्ने थियौँ ।’

शाहीले अगाडी भने, ‘हामीलाई दुनियाँमा फेल भैसकेको कुनै विदेशी दलालको मार्क्सवाद र लेनिनवाद चाहिएको होइन, हामीलाई पृथ्वीनारायण शाहको पथमा अधिन रहने नेपाल सुहाउने व्यवस्था नेपालवाद चाहिएकाे हाे ।’

पार्टीको कार्यक्रममा अध्यक्ष लिङ्देन र अन्य पधाधिकारीसहित शाही गोरखा पुगेका छन् ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१