• २०८३ असार ३१
  • 2026 July 15, Wednesday

पौडेलले बोलाएको भेलामा गएनन् शेखर र प्रकाशमान, काे-काे छन् उपस्थित ?

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय समिति बैठकअघि रामचन्द्र पौडेलले बोलाएको जिल्ला सभापतिहरूको भेलामा शेखर कोइराला र प्रकाशमान सिंह अनुपस्थित भएका छन् ।

नेपाल विद्यार्थी संघ र तरुण दलको अध्यक्ष मनोनयनदेखि स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्ने कि नगर्ने भन्नेबारेमा राय लिनका लागि पौडेलले बैठक बाेलाएका हुन् ।

भेलामा पूर्वमहामन्त्री डा. शशांक कोइराला, केन्द्रीय सदस्यसमेत रहेका कानुनमन्त्री दिलेन्द्रप्रसाद बडू, केन्द्रीय सदस्य दीपक गिरी पनि भेलामा सहभागी छन् ।

यस्तै, पूर्व केन्द्रीय सदस्य दिलबहादुर घर्ती, सांसद मोहन पाण्डेय, बाजुरा सभापति रामसिंह रावल, तनहुँ सभापति जितप्रकाश आले, पाल्पा सभापति हिमाल श्रेष्ठ, सिन्धुपाल्चोकका निवर्तमान सभापति विकास लामा पनि धादिङका निवर्तमान सभापति रमेश धमला, कास्कीका निवर्तमान सभापति कृष्ण केसी, बागमती प्रदेशका महामन्त्री किरणबाबु श्रेष्ठलगायत नेताहरुकाे उपस्थिति रहेकाे छ ।

बैठकमा सहभागी जिल्ला सभापतिहरुले आ–आफ्नाे धारणा राखिरहेका छन् ।