• २०८३ असार ३१
  • 2026 July 15, Wednesday

इमरान खानले गरे पाकिस्ताकाे संसद् विघटन

काठमाडाैं । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले संसद् विघटन गरेका छन् ।

उनीविरुद्धको अविश्वास प्रस्ताव खारेज भएपछि खानले देशलाई सम्बोधन गरी चुनावको तयारी गर्न जनतासमक्ष अपिल गरेका हुन् ।

आफूविरुद्धको अविश्वासको प्रस्ताव आएपछि खानले तल्लो सदन ३४२ सदस्यीय राष्ट्रिय सभा विघटन गरेर चुनावमा जाने घोषणा गरेका हुन् । पाकिस्तानमा दुई सदनात्मक संसदीय व्यवस्था छ । तल्लो सदनलाई राष्ट्रिय सभा भनिन्छ भने माथिल्लोलाई सिनेट भनिन्छ ।

खानले भने, ‘आज उप–सभामुखले जो अविश्वास प्रस्ताव खारेज गरेका छन् । यसका लागि म सम्पूर्ण समुदायलाई बधाई दिन्छु । हिजोदेखि सबै तनावमा थिए । मलाई सोधिरहेका थिए तर मैले उनीहरुलाई नडराउन भनिरहेको थिएँ ।’

उनले अगाडी भने, ‘सभामुखले आज आफ्नो संवैधानिक शक्ति प्रयोग गरी लिएको निर्णयपछि मैले व्यवस्थापिका–संसद् विघटन गर्ने निर्णय राष्ट्रपतिलाई बुझाएको छु ।’