काठमाडाैं । नेपाली बजारमा सुन र चाँदीको भाउ घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारको तुलनामा सुनको भाउ प्रतितोला ६ सय रुपैयाँले घटेको हो ।
छापावाल सुनको भाउ प्रतितोला ९८ हजार ७ सय रुपैयाँमा झरेको छ । तेजावी सुनको भाउ पनि ९८ हजार २ सय रुपैयाँमा झरेको छ ।
चाँदीको भाउमा पनि सोमबार प्रतितोला १० रुपैयाँको गिरावट देखिएको छ। चाँदी प्रतितोला १३५० रुपैयाँमा कारोबार भइरहेको छ ।