• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

उदयपुरमा विद्यालय जान हिँडेकी एक बालिकाकाे हत्या

काठमाडौं । उदयपुरमा विद्यालय जाने क्रममा एक छात्राको हत्या भएको छ ।

बेलका नगरपालिका-३ उदयपुरस्थित कोशी जनता माध्यमिक विद्यालयमा अध्ययनरत कविता सुनुवारको हत्या भएको हो ।

१० कक्षामा अध्ययनरत् सुनुवारको मंगलबार बिहान अतिरिक्त कक्षा (कोचिङ) पढ्न घरबाट विद्यालय जाने क्रममा सोही नगरपालिकाको यसोदा खोलामा हत्या भएको हाे ।

विद्यालयले विज्ञप्ति निकालेर घटनाको छानबिन र दोषीमाथि कारबाहीको माग गरेको छ ।