• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

महन्थ ठाकुर अचानक अस्वस्थ भएपछि हेलिकप्टरमार्फत् ल्याइयाे काठमाडाैं

काठमाडाैं । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर अचानक अस्वस्थ भएपछि उनलाई ग्राण्डी अस्पतालमा भर्ना गरिएको छ ।

पार्टीले आयोजना गरेको कार्यक्रममा सहभागी हुन नवलपरासी र रुपन्देही गएका अध्यक्ष ठाकुर बुधबार अचानक अस्वस्थ भएपछि हेलिकप्टरबाट उनलाई ग्राण्डी अस्पताल ल्याइएको हाे ।

बुधबार बिहान ठाकुरले आफ्नो स्वास्थ्यमा समस्या आएको बताएपछि भैरहवास्थित भीम अस्पतलका चिकित्सक सिद्धार्थ पाण्डेसहितको टिम उनको उपचारमा खटिएको थियो । डाक्टरहहरुले थप उपचारका लागि काठमाडौं लग्न भनेपछि हेलिकप्टरबाट ग्राण्डी अस्पताल ल्याइएकाे हाे ।

अध्यक्ष ठाकुर मंगलबार नवलपरासीमा आयोजित आमसभालाई सम्बोधन गरेका थिए । बुधबार रुपन्देहीको भैरहवामा पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी हुने कार्यतालिका थियो । तर बिहान चार बजे अचानक स्वास्थ्यमा समस्या देखिएको थियो ।

अध्यक्ष ठाकुरलाई मुटुसम्बन्धी समस्या छ । उनले नियमित चेकजाँच गराइ रहेका थिए ।