• २०८३ असार २४
  • 2026 July 08, Wednesday

मन्त्री आलेद्वारा हिमाल आरोही लामालाई बिदाइ

काभ्रे। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले कञ्चनजङ्घा हिमाल आरोहण गर्न लागेकी काभ्रे रोशी गाउँपालिका–१ भिमखोलीकी ३२ वर्षीया शर्मिला लामालाई बिदाइ गरेका छन् ।

मन्त्रालयमा आयोजित कार्यक्रममा उहाँले आरोही लामालाई नेपालको राष्ट्रिय झण्डा हस्तान्तरण गर्दै सफलतापूर्वक आरोहण गरेर फर्कन शुभकामना दिएका छन् । मन्त्री आलेले आफ्नो स्वास्थ्यका साथै मौसमको अवस्था ख्याल गरेर आरोहण गर्न सुझाव दिएका छन् ।

विगत १६ वर्षदेखि हिमाल आरोहण गर्न सुुरु गरेकी लामाले विश्वका १६ हजार मिटरभन्दा अग्ला १४ हिमाल आरोहण गर्ने लक्ष्य राखेकी छन् । ती चार हिमालको आरोहण गरिसकेको उनले जानकारी दिइन् । उनले यसअघि सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरिसकेकी छन् ।