वरिष्ठ साहित्यकार घलेद्वारा १ सय ५१ पुस्तकहरु विमोचन हुने

काठमाडौं । वरिष्ठ साहित्यकार भद्रकुमारी घलेद्वारा लिखित विभिन्न विधाका एक सय ५१ पुस्तकहरु विमोचन हुने भएको छ ।

भद्रकुमारी घले सेवा सदनको वार्षिक साधारण सभाका अवसरमा दश गते पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीको प्रमुख आतिथ्यतामा पुस्तक विमोचन हुने शनिबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

यसअघि विविध विधाका साहित्य, संस्कृति, कला र आफ्नै जीवन भोगाइसँग सम्बन्धित १४१ पुस्तकहरु प्रकाशित गरिसकेकी घलेले एउटै मञ्चबाट ४९ पुस्तकहरुको एकसाथ विमोचन समेत गरिसकेकी छन् । त्यस्तै वैशाख ३० गते विमोचन हुने १५१ पुस्तकहरुमा निबन्ध, कविता, र भजन सङ्ग्रहहरु रहेको घलेले जानकारी दिइन् ।

नौ दशक उमेर पार गरिसकेकी घलेको १ सय ५१ वटा पुस्तक एकैसाथ विमोचन हुने विषयलाई गिजिन वुक अफ वल्र्ड रेकर्डमा लैजाने योजना बनाइएको भद्रकुमारी घले सेवा सदनले जनाएको छ ।

© 2024 All right reserved Site By : Himal Creation || सञ्चार रजिस्ट्रार दर्ता नं : ०००९७