गोरखनाथ मन्दिरमा पुगेर भ्रष्टाचार गर्दिँन भनेर कसम खाएपछि मात्र मनोनयन दर्ता

गोरखा । राप्रपा गोरखाले आफ्ना उमेद्वारहरुलाई भ्रष्टाचार गर्दिँन भनेर कसम खुवाएपछि मात्रै मनोनयन दर्ता गराउने भएको छ ।

साेमबार बिहान गोरखाको गुरु गोरखनाथको मन्दिरमा लगेर आफ्ना उमेद्वारहरुलाई भ्रष्टाचार नगर्ने कसम खुवाएपछि मात्रै मनोनयन दर्ता गराउने पार्टीका उपाध्यक्ष तथा सचिवालय प्रमुख भीषण अर्यालले जानकारी दिए ।

उनले भने, ‘टिक लिने बेलामा पनि भ्रष्टाचार गर्दिँन भनेपछि मात्रै हामी दिन्छौँ । भोलि बिहान गोरखनाथको मन्दिरमा लगेर म यदी जनप्रतिनिधि पदमा जितेर आएँ भने भ्रष्टाचार गर्दिँन भनेर कसम खाएपछि मात्रै मनोनयन दर्ता गराउने तयारी गरेका छौँ ।’

उनका अनुसार साेमबार बिहान ९ बजे मन्दिरमा कसम खुवाउने कार्यक्रम छ । त्यसलगत्तै दिउँसो २ बजेसम्म मनोनयन दर्ता गराइसक्ने उनले बताए ।

‘चुमनुव्रीमा उमेद्वार भए पनि हामीले टिकट पुर्‍याउन सकेनौँ । अन्य ११ वटा स्थानीय तहमध्य सबैमा हाम्रा उमेद्वार रहनेछन् । उहाँहरु सबैले भोलिसम्म उमेद्वारी दर्ता गरिसक्नुहुन्छ’, उनले भने ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१