• २०८३ असार २३
  • 2026 July 07, Tuesday

गोकुल बास्कोटाले धोका दिएपछि बनेपाका मेयरद्वारा एमाले परित्याग

काभ्रेको बनेपा नगरपालिकाका मेयर लक्ष्मी नरसिंह श्रेष्ठले एमाले परित्याग गरेका छन् । उनले शनिबार पत्रकार सम्मेलन आयोजना गरेर पार्टी परित्याग गरेको घोषणा गरेका हुन् । एमालेका केन्द्रीय सदस्य गोकुल बास्कोटाले बनेपाको मेयर पदमा पुनः उठाउने बचन दिएर धोका दिएको भन्दै उनले पार्टी परित्याग गरेका बताए। पार्टी परित्याग गरेपछि गरिसकेपछि आफू नैतिकताका आधारमा सो पदमा बहाल हुन नसक्ने भएकाले राजीनामा दिने उनले बताए।

एमालेले बनेपा नगरपालिकाको मेयरमा रत्नकुश रञ्जित र उपमेयरमा विमला सापकोटालाई टिकट दिएको छ।