• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

कतिमा भइरहेकाे छ सुनचाँदी काराेबार ?

काठमाडौं । सुनको भाउ आइतबार तोलामा दुई सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको भाउ तोलाको ९९ हजार कायम भएको छ ।

गएकाे शुक्रबार सुन तोलाको ९९ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो । आइतबार तेजावी सुनको भाउ तोलाको ९८ हजार पाँच सय रुपैयाँ निर्धारण भएको छ ।

चाँदीको भाउ पनि प्रतितोलामा २० रुपैयाँले घटेको छ । शुक्रबार एक हजार तीन सय २० रुपैयाँमा कारोबार भएको चाँदी आइतबार एक हजार तीन सय रुपैयाँमा निर्धारण भएको छ ।