किभ । गत महिना रूसी सेनाले मरिओपोल थिएटरमा गरेकाे क्षेप्यास्त्र आक्रमणमा ६ सयभन्दा बढी मानिस मारिएका छन् । एसोसिएटेड प्रेसको एक रिपोर्टका अनुसार आक्रमणमा ६ सयभन्दा बढी मानिस मारिएकाे बताइएकाे हाे ।
रुसी आक्रमण सोचेभन्दा डरलाग्दो भएको पनि एपीले रिपाेर्टमा बताएको छ ।
मरिओपोलमा करिब एक लाख सर्वसाधारण पिउने पानी, इन्धन, विद्युत् तथा सञ्चार सम्पर्कको अभावमा बस्न बाध्य छन् । त्यहाँ अहिलेसम्म पनि हमला जारी छ ।
युक्रेनले उत्तर एटलान्टिक सन्धि संगठन (नेटो) को सदस्यता लिने तयारी गरेपछि विभिन्न कारणले रुसले फेब्रुअरी २४ मा आक्रमण सुरु गरेको थियाे । पछिल्ला साताहरूमा रुसी सेनाले युक्रेनको पूर्वी क्षेत्रमा सैनिक कारबाही तीव्र पारेकाे छ ।