• २०८३ जेठ २२
  • 2026 June 05, Friday

धनगढी उडेको श्री एयरलाइन्सको जहाजकाे इन्जिन फेल भएपछि फर्कियो काठमाडाैं

काठमाडौं । काठमाडौंबाट धनगढी उडेको श्री एयरलाइन्सका एक जहाजको इन्जिन फेल भएको छ ।

जहाज ८७ जना यात्रुसहित धनगढीका लागि उडेको थियो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतका अनुसार २२३ उडान नम्बरको जहाज इन्जिन फेल भएपछि काठमाडौं फर्किएकाे थियाे ।

अहिले जहाज त्रिभुवन विमानस्थलमा आकस्मिक अवतरण गरिएकाे छ । थप विवरण आउन बाँकी छ ।

फाइल तस्बिर ।