• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

देशभर थपिए २१ संक्रमित, निको भए १६ जना

काठमाडाैं । नेपालमा थप २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको ३ हजार ७० पिसिआर परीक्षणका क्रममा १८ जना र ७ सय १८ एन्टीजेन परीक्षणका क्रममा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

कोरोनाका कारण बुधबार पनि कसैको मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै, थप १६ जना कोरोना संक्रमित निको भएका छन् । हाल नेपालमा १ सय ८७ सक्रिय संक्रमित आइसाेलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।