• २०८३ जेठ २४
  • 2026 June 07, Sunday

सर्वदलीय बैठकमा सहमति भए काठमाडौं महानगरपालिकाको मतगणना आजै

काठमडौं । सर्वदलीय बैठकमा सहमति भए काठमाडौं महानगरपालिकाको मतगणना शुक्रबारै रातिबाट हुने भएको छ ।

काठमाडौं महानगरपालिकाको मतगणना राष्ट्रिय सभागृहमा हुने भएको छ । काठमाडौंको जिल्ला निर्वाचन अधिकारी ठाकुरप्रसाद भट्टराईका अनुसार सबै मतपत्रसहितको पेटिका आएपछि सर्वदलीय-सर्वपक्षीय बैठक बैठक हुनेछ । सर्वदलीय बैठकले सहमति गरेमा रातिबाटै मतगणना सुरू हुनसक्ने उनले बताए ।

सभागृहमा धमाधम मतदान स्थलहरुबाट मतपत्रसहितको बाकस आउने क्रम जारी छ ।