काठमाडाैंमा सुरुवाती मतगणना : बालेन शाह र सिर्जना सिंहकाे टक्कर

काठमाडौं । काठमाडौं महानगरपालिकाको मत गणना जारी छ । अहिले वडा नम्बर १ र ३२ को मतणना भइरहेको छ ।

मतगणनाको पछिल्लो अपडे‍ट प्राप्त भएको छ । जसअनुसार वडा नम्बर १ का ५० भोट गन्दा बालेन र कांग्रेसकी उम्मेवार सिर्जना सिंहले ११-११ भोट ल्याएकी छन् । एमालेका केशव स्थापितको ९ भोट छ ।

यस्तै वडा नम्बर ३२ मा २५ भोट गणना हुँदा बालेनको ११, सिर्जनाका ७ र स्थापितको ४ भोट आएको छ । राप्रपाले भने ३ भोट प्राप्त गरेकाे छ ।

काठमाडाैं महानगरमा एउटा मत गन्न करिब २० मिनेट लागेकाले गणना ढिलो भइरहेको राजनीतिक दलका प्रतिनिधिहरुले बताएका छन् ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१