काठमाडाैं । धुलिखेल नगरपालिकामा नेपाली कांग्रेसका बागी उम्मेद्वारले अग्रता लिएका छन् ।
पार्टी निर्णय विपरीत उम्मेद्वारी दिएको भन्दै कांग्रेसले नगर सभापतिबाट कारबाही गरेका बिदुरबहादुर बस्नेतले ५७२ मतसहित अग्रता लिएका छन् ।
बस्नेतलाई एमालेका अशोककुमार ब्याञ्जुले पछ्याइरहेका छन् । ब्याञ्जुले ४६७ मत ल्याएका छन् । तर गठबन्धनबाट उम्मेद्वार बनेका एकीकृत समाजवादीका दयासागर श्रेष्ठ १८ मत मात्रै पाएका छन् ।