• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

काठमाडाैंमा अग्रता बढाउँदै बालेन शाह, पछ्याउँदै केशव स्थापित

काठमाडाैं । काठमाडाैं महानगरपालिकामा अहिलेसम्म १३ सयभन्दा बढी मतगणना भइसकेकाे छ । अहिलेसमम्मकाे गणनामा स्वतन्त्रबाट मेयरका उम्मेदवार बालेन शाहकाे अग्रता छ ।

शाहले ४ सय १३ मतसहित अग्रता लिइरहेका छन् । शाहलाई नेकपा एमालेका केशव स्थापितले पछ्याइरहेका छन् ।

स्थापितले ३ सय ६६ मत प्राप्त गरेका छन् भने सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसकी सिर्जना सिंहले २ सय ३३ मत प्राप्त गरेकी छन् ।

यस्तै, राप्रपाबाट मदनदास श्रेष्ठले ४७, स्वतन्त्र उम्मेदवार सुमन सायमीले ६४ र विवेकशील साझाकी समीक्षा बास्काेटाले ११ मत प्राप्त गरेकाे विवरण प्राप्त भएकाे छ ।