• २०८३ जेठ २४
  • 2026 June 07, Sunday

मेयरमा बालेनकाे अग्रता कायम, उपमेयरमा डंगाेलकाे गठबन्धन उम्मेदवारकाे भन्दा चार गुणा बढी

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवार बालेन साहले अग्रता कायम राखेका छन् ।

उनले ७६८ मत पाएका छन् । त्यस्तै, नेकपा एमालेका उम्मेदवार केशव स्थापितले ५५० र नेपाली कांग्रेसकी उम्मेदवार सिर्जंना सिंहले ४२१ मत पाएकी छन् ।

राप्रपाका उम्मेदवार मदनदास श्रेष्ठले १०५ र विवेकशील साझा पार्टीकी समीक्षा बास्कोटाले १६ मत पाएको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।

उपमेयरमा भने नेकपा एमालेकी उम्मेदवार सुनिता डंगोलले ९२० मत पाएकी छन् भने नेकपा एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले २८६ मत पाएका छन् । राप्रपाकी विनिता मगौयाले २०८ मत पाएकी छन् ।