• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

बालेन शाहकाे बढ्दाे मतान्तर, स्थापितभन्दा २ हजारबढी मतले अगाडि

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन शाहले आफ्ना प्रतिस्पर्धीहरूसँग मतान्तर बढाउँदै गएका छन् ।

आइतबार साँझ ९ बजेसम्म उनले ४२५९ मत पाइसकेका छन् । यस्तै, नेकपा एमालेका उम्मेदवार केशव स्थापितले २२३७ मत पाएका छन् ।

यस्तै, तेस्रो स्थानमा नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंह छिन् । उनले २०१८ मत पाएकी छन् ।