• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

काठमाडाैंमा बालेनकाे अग्रता कायमै, यस्ताे छ पछिल्लाे अपडेट

काठमाडाैं । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन शाहले अग्रता कायमै राखेका छन् ।

पछिल्लो मतपरिणामअनुसार ११ हजार ७ सय ७७ मत ल्याएका छन् । यसैगरी, दोस्रो स्थानमा रहेका एमालेका केशव स्थापितले ६ हजार ३ सय २३ मत प्राप्त गरेका छन् ।

तेस्रो स्थानमा रहेकी कांग्रेसकी सिर्जना सिंहले ५ हजार ५ सय ४८ मत पाएकी छन् । अहिले वडा नम्बर ३, ४, ५, ६, ३०, ३१ र ३२ को मतगणना भइरहेको छ ।