• २०८३ साउन ११
  • 2026 July 27, Monday

सहयाेगी दलहरुसहितकाे निर्वाचनको परिणाम सन्तोषजनक : कांग्रेस प्रवक्ता महत

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा कांग्रेसले धेरै ठूलो सफलता हासिल गरेको दाबी गरेका छन् । साेमबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै उनले उक्त दाबी गरेका हुन् ।

‘समग्रमा यो निर्वाचनको परिणामलाई सन्तोषजनक रुपमा लिएका छौं । नेपाली कांग्रेस आफैले पनि यो निर्वाचनमा धेरै ठूलो सफलता हासिल गरेको छ,’ प्रवक्ता महतले भने, ‘तालमेलसहित निर्वाचनको परिणाम हेर्ने हो भने सहयोगी दलहरुले पनि उल्लेख्य सफलता हासिल गरेको महसुस गरेका छौँ ।’

निर्वाचन स्वतन्त्र र निष्पक्ष ढंगले सम्पन्न भएको उनले बताए । कांग्रेसको सरकार भएको बेला भयरहित, स्वतन्त्र र निष्पक्ष निर्वाचन हुने दाबी पनि उनले गरे ।