• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

घट्याे सुनचाँदीकाे मूल्य, कतिमा भइरहेकाे छ काराेबार ?

काठमाडाैं । सुनचाँदी बजारमा बिहीवार छापावाल सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले घटेर ९७ हजार ८०० तोकिएको छ ।

अघिल्लो दिन सुन प्रतितोला ९८ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणअनुसार बिहीवार तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार ३०० रुपैयाँ छ । अघिल्लो दिन तेजाबी सुन प्रतितोला ९७ हजार ७०० रुपैयाँ पुगेको थियो ।

बिहीवार चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला ५ रुपैयाँले घटेर १ हजार २७० रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा बिहीवार सुन प्रतिऔंस १ हजार ८४५ डलर आसपासमा कारोबार भइरहेको छ ।