नेपाल-भारत कवि सम्मेलन काठमाडौंमा सम्पन्न

काठमाडाैं । स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र, काठमाडौं र राष्ट्रिय साहित्य प्रतिष्ठानको संयुक्त आयोजनामा भारतीय कवि नरेश शांण्डिल्यको स्वागत सम्मान तथा नेपाल-भारत कविता वाचन कार्यक्रम गरिएकाे छ ।

कार्यक्रम गत जेठ १० गते गरिएकाे हाे । कार्यक्रमकाे प्रमुख अतिथिमा नेपालका वरिष्ठ साहित्यकार डा. तुलसी प्रसाद भट्टराई थिए । कार्यक्रममा भारतीय राजदूतावासका प्रथम सचिव नवीन कुमार, त्रिभुवन विश्वविद्यालय हिन्दी विभागका स्वेता दिप्तिलगायतकाे उपस्थिति थियाे ।

कार्यक्रममा राष्ट्रिय साहित्य प्रतिष्ठानले कवि शांण्डिल्यलाई ‘राष्ट्रिय साहित्य सम्मान’ प्रदान गरिएकाे थियाे । प्रतिष्ठानले शांण्डिल्यलाई सम्मानपत्रसहित दोसल्ला ओढाएर सम्मान गरेकाे हाे । प्रतिष्ठानका महासचिव मधु पाठकले साे सम्मान पत्र वाचन गरेका थिए ।

यही अवसरमा राष्ट्रिय साहित्य प्रतिष्ठानको भगिनी संस्था शखि प्रतिष्ठानले कवि शांण्डिल्यलाई सम्मान गरेकाे थियाे । प्रमुख अतिथि भट्टराईले यस प्रकारको सम्मानले दुई देशबीचको साहित्यिक एवम् सांस्कृतिक सम्बन्ध प्रगाढ हुने बताए ।

नेपाल-भारत कविता वाचन कार्यक्रममा नेपाली, हिन्दी, उर्दु, अंग्रेजी एवं बंगाली भाषाका कविता वाचन गरिएको थियोे । राजेन्द्र शलभ, स्नेह सायमी , उर्दु प्रतिष्ठानका अध्यक्ष इम्तिहाज वफा, डा. मोमिन खान, कञ्जना झा, मधु कुमारी, डा. ज्ञाननिष्ठ ज्ञवाली, ठाकुर वेलवासे, पवित्रा अधिकारी, उमेश अवस्थी, रञ्जु दाहाल, पुनम झा, प्रियम्बदा काफ्ले, डा. विनोद कुमार विश्वकर्मा, डा. वासुदेव काफ्ले, त्रिभुवन चन्द्र वाग्ले, सुमन वर्षा, रश्मि भट्ट लगायतका कविले कविता वाचन गरे ।

कार्यक्रममा कवि शांण्डिल्यले दोहा लेखन, वाचन तथा गजलको महत्त्व एवं लेखन प्रयोग बारे बाेल्दै दोहा तथा गजल वाचन गरे । उक्त अवसरमा राष्ट्रिय नाचघरका गायक विपिन घिमिरे र शिला विष्ट अलीले नेपाली तथा हिन्दी गीत प्रस्तुत गरे । कवि एवम् राष्ट्रिय साहित्य प्रतिष्ठानका सचिव रञ्जना निरौला कार्यक्रम उद्घाेषक थिए भने प्रतिष्ठानका अध्यक्ष ऋषभदेव घिमिरे कार्यक्रमकाे सभापति थिए ।

© 2024 All right reserved Site By : Himal Creation || सञ्चार रजिस्ट्रार दर्ता नं : ०००९७