
काठमाडाैं । सुनको भाउ फेरि ९८ हजार रुपैयाँमा पुगेको छ ।
विहीबार तोलामा ९७ हजार ८ सय रुपैयाँ रहेको सुनको भाउ शुक्रबार ९८ हजार रुपैयाँमा पुगेको छ ।
चाँदी पनि शुक्रबार तोलामा १० रुपैयाँले बढेर १२ सय ८० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।