• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

थप २१ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडाैं । पछिल्लो २४ घण्टामा देशभर थप २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार २४८ जनामा गरिएको परीक्षणमा २१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यस्तै, सोही समयमा ८ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् भने नेपालमा हाल १०९ जना कोरोनाका संक्रिय संक्रमित रहेका छन् ।