• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

पोखराबाट काठमाडौंका लागि उडेको बुद्ध एयरको जहाज पुग्याे जनकपुर

पोखरा । पोखराबाट काठमाडौंका लागि उडेको बुद्ध एयरको जहाज जनकपुर पुगेको छ । मौसमका कारण काठमाडौंमा अवतरण गर्न नसकेपछि जनकपुर डाइभर्ट गरिएको बुद्ध एअरले जनाएको छ ।

साढे १ बजे उक्त जहाज काठमाडौं तर्फ उडेको थियो । मौसम खराब भएकै कारण अवतरणमा समस्या भएको बुद्ध एअर पोखराले जनाएको छ ।

त्यसपछि पोखराका अन्य उडान पनि अवरुद्ध भएको थियो । उक्त जहाज बुधबार नै काठमाडौं पठाइने बताइएको छ ।