• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

बौद्धको गेस्ट हाउसमा एक युवतीमाथि सामूहिक बलात्कार, चार आरोपी पक्राउ

काठमाडाैं । काठमाडौंको बौद्धमा रहेको एक गेस्ट हाउसमा २४ वर्षीया एक युवतीमाथि सामूहिक बलात्कार भएको छ ।

बलात्कारमा संलग्न रहेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा गेस्ट हाउस सञ्चालक सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका ४ घर भई बौद्ध बस्ने आङ्निमा शेर्पा, काठमाडौंका २४ वर्षीय रितेश तामाङ, सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका २ का रिन्जेन शेर्पा र सर्लाहीको बागमती घर भएका ३४ वर्षीय उत्तम लामा छन् ।

गएको आइतबार दिउँसो उनीहरुले काठमाडौं महानगरपालिका ६ बौद्धस्थित लुङता गेष्ट हाउसमा लगेर २४ वर्षीया युवतीलाई पालैपालो जबरजस्ती करणी गरेका प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

पीडित युवतीको उजुरीको आधारमा प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरी टोलीले काठमाडौंका विभिन्न स्थानबाट उनीहरुलाई पक्राउ गरेको हो ।

पीडित युवतीको थापाथलीस्थित प्रसूतिगृहमा स्वास्थ्य परीक्षण गरिएको छ। घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।