• २०८३ जेठ २२
  • 2026 June 05, Friday

हङकङमा २० तलाबाट खसेर दुई मजदुरको मृत्यु

काठमाडाैं । हङकङमा दुई मजदुरको करिब २० तला माथिबाट खसेर मृत्यु भएको छ ।

हङकङको रियल्टी गार्डेनस्थित कन्डुइट रोडनजिकैको भवनमा काम गरिरहेका उनीहरुको खसेर मृत्यु भएको साउथ चाइना मर्निङ पोस्टले उल्लेख गरेकाे छ ।

प्रहरीका अनुसार सन् १९७१ मा बनेको भवनको मर्मतको लागि उनीहरुले छानोभन्दा केही तल अड्याएको खट भाँचिएर उनीहरु खसेका हुन् ।

प्रहरीले अहिले यस विषयमा अनुसन्धान भइरहेको बताएको छ ।