विमला वलीविरुद्ध मीना भण्डारीको जाहेरी- ‘श्रीमान तेरो होइन, मेरो हो’ भन्दै हमला गरिन्

काठमाडाैं । लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमला वलीविरुद्ध जाहेरी परेको छ ।

तुलसीपुर उपमहानगरपालिका–५ की मीना भण्डारी बस्नेतले आफू र नाबालिका छोरी कुटपिट गरेको भन्दै वलीविरुद्ध मंगलवार इलाका प्रहरी कार्यालय तुलसीपुरमा किटानी जाहेरी दिएकी हुन् ।

मीनाले विमलाविरुद्ध अभद्र व्यवहारमा जाहेरी दिएकी छन् । मीनाको जाहेरी प्रहरीले जिल्ला प्रहरी कार्यालय घोराही पठाएको छ ।

मीनाले विमलाविरुद्ध घरभित्र छिरेर आफू र छोरीलाई कुटपिट गरेको भन्दै वलीविरुद्ध कारबाहीको माग गरेकी छन् ।

स्वास्थ्य राज्यमन्त्री विमलाले मंगलवार बिहान एकराज बस्नेतको घरमै गएर उनकी श्रीमती मीना र छोरीलाई कुटपिट गरेकी थिइन् । साथै तोडफोड पनि गरेकी थिइन् । वलीलाई अहिले जिल्ला प्रशासन कार्यालय लगिएको छ ।

राज्यमन्त्री वलीले मंगलवार बिहान आफ्नो घरमा आएर ढोकामा हानेपछि आफूले गेट खोलिदिएको मीनाले बताएकी छन् । त्यसपछि घरभित्र पसेर एकराजको खोजी गरेपछि आफूले ‘मेरो श्रीमान घर हुनुहुन्न भन्दा विमलाले तेरो श्रीमान होइन मेरो श्रीमान हो, तुरुन्तै निकाल’ भन्दै हमला गरेको उनको भनाइ छ ।

त्यसक्रममा आफ्नो कपाल लुछेर लडाइ लात्ती र मुड्कीले हानेको उनले जाहेरीमा उल्लेख गरेकी छन् । छ्ट्याउन आउँदा ६ वर्षकी छोरीलाई समेत हातपात गरेको उनको भनाइ छ ।

विमला वली उत्तरकुमार वलीकी पत्नी हुन् । उत्तरकुमारको दुर्घटनाका क्रममा निधन भएको थियो । गत वर्ष एकराज बस्नेतसँग वलीको चुम्बन गरेको तस्वीर सार्वजनिक भएको थियो । त्यसपछि वली विवादमा तानिएकी थिइन् ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१