
काठमाडौं । नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले नेपाल कुनै पनि सैन्य गठबन्धनमा सहभागी नहुने स्पष्ट पारेका छन् ।
एसपीपीबारे प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको शुक्रबारको बैठकमा जवाफ दिने क्रममा प्रधानसेनापति शर्माले सैन्य गठबन्धन हुँदैन भनेर अमेरिकी अधिकारीहरुलाई भनिसकेको जानकारी पनि दिए ।
अमेरिकालाई नेपाल सरकार र रक्षा मन्त्रालयको स्वीकृतीमा एसपीपी सम्बन्धी पत्र पठाइएको स्वीकार गरी उक्त पत्र सैन्य गठबन्धनका लागि नलेखिएको बताए । उनले भने, ‘चिठी लेख्दैमा सैन्य अलाएन्स लेखिएको छैन । भूकम्पको बेला मानवीय सहायताका लागि भनेर पत्र लेखिएको हाे ।’
उनले सैन्य गठबन्धन हुने भन्ने कुराको विरोध समेत गरे । उनले एसपीपी सम्झाैता भनेर आएकाे १० बुँदे डकुमेन्ट गलत भएकाे जिकीर गरे ।