• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

सुनकाे मूल्य बढ्याे, कतिमा भइरहेकाे छ काराेबार ?

काठमाडाैं । शुक्रबार नेपाली बजारमा सुनको मूल्यमा ५ सय रुपैयाँले बढेको छ ।

शुक्रबार छापावाल सुन प्रति तोला ९७ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

अघिल्लो दिन यस्तो सुन प्रति तोला ९७ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । शुक्रबार चाँदी प्रति तोला १ हजार २७५ रुपैयाँमा कारोबार भइरहेको छ ।