दुवईका अधिराजकुमारले दिए दुर्गा प्रसाईलाई सुनकाे लाैराे उपहार

झापा । तीन दिने नेपाल भ्रमणमा रहेका दुवईका अधिराजकुमार जुमा अल मोक्तुमले नेकपा एमालेका केन्द्रीय सदस्य एवम् ब्यवसायी दुर्गा प्रसाईलाई सुनको लौरो उपहार स्वरुप हस्तान्तरण गरेको छन् ।

श्री एरलाइन्स्को चार्टर विमानमार्फत् चन्द्रगढी विमानस्थल झापा ओर्लेका अधिराजकुमारले विमानस्थलमा स्वागत गर्न पुगेका प्रसाईलाई सुनको लाैरो हस्तानतरण गरेका हुन् ।

अधिराजकुमार झापामा दुई दिन भ्रमण गर्ने कार्यतालिका रहेको छ । यसै क्रममा बी एण्ड सी तथा पूर्वाञ्चल क्यान्सर अस्पतालको अवलोकनका साथै पेट सिटीस्क्यान मेसिनको उद्घाटन गर्ने छन् ।

प्रसाईको निमन्त्रणामा आएका अधिराजकुमारले झापासहित काठमाडाैं र पोखराको पनि भ्रमण गर्ने कार्यतालिका रहेको बी एण्ड सी अस्पतालले जनाएको छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१