• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

साइकलबाट लडे अमेरिकी राष्ट्रपति बाइडेन

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेन साइकलबाट लडेका छन् । शनिबार बिहान प्रथम महिला जिल बाइडेनसँग साइकल चलाउने क्रममा उनी लडेका हुन् ।

ह्वाइट हाउसको टिमको तर्फबाट सार्वजनिक भएको एउटा भिडियोमा बाइडेन लडेको देख्न सकिन्छ ।

डेलावेयरको रेहोबोथ तटमा रहेको घर नजिकैको स्टेट पार्कमा साइकल चलाइरहेका ७९ वर्षीय राष्ट्रपति लड्ने वित्तिकै उठेका थिए । उनलाई चोटपटक भने लागेको छैन ।