सुदन किराँतीकाे प्रस्ताव : एसपीपीबारे अमेरिकालाई पत्र लेख्न निर्देशन दिने निर्णय गराैँ

काठमाडाैं । नेकपा माओवादी केन्द्रका सांसद सुदन किराँतीले एसपीपीबारे अमेरिकालाई पत्र लेख्न निर्देशन दिने निर्णय आजै हुनुपर्ने प्रस्ताव राखेका छन् ।

सिंहदरबारमा बसेको प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा उनले उक्त प्रस्ताव राखेका हुन् । उनले भनेका छन् ‘आजको हाम्रो संसदीय समितिले पत्र लेख्ने निर्देशन दिने निर्णय गर्दा के हुन्छ ?’

एसपीपीकै प्रावधान अनुसार पत्र लेख्नपर्ने उनले बताएका हुन् । उनले भने, ‘कहिलेसम्म जनताले धेर्य गरेर पर्खने हो ? शान्तिपूर्ण रुपमा भएको धैर्यता हिंसात्मक भयो भने हाम्रो हालत के होला ? इतिहासको ब्याज मात्र खाएर देश कहिलेसम्म चलाउने ?’

उनले प्रधानमन्त्री आएर एसपीपीबारे दुई शब्द बाेलेकाे भए सजिलाे हुने पनि बताएका छन् ।

एसपीपीलगायत विषयमा समितिकै सदस्यहरूले प्रश्न उठाएपछि जवाफ दिन प्रधानमन्त्रीलाई बोलाइएको भए पनि प्रधानमन्त्री बैठकमा उपस्थित भएका छैनन् ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१