काठमाडाैं । नेकपा (माओवादी केन्द्र) को भातृ संगठन अनेरास्ववियु क्रान्तिकारीका उपाध्यक्ष पवन कार्कीसहित ९ जनालाई निलम्बन गरिएको छ ।
आइतबार बसेको अखिल क्रान्तिकारीको बैठकले उनीहरूलाई निलम्बन गरेको हो ।
अखिल क्रान्तिकारीको आइतबारको बैठकमा कुटाकुट भएको थियो । तीनकुनेस्थित एक ब्याङ्क्वेटमा भएको बैठकमा उपाध्यक्ष पवन कार्की समूहसँग विवाद भएपछि कुटाकुट भएको हो ।
बैठकमा हो-हल्ला गरेपछि कार्की लगायतलाई प्रहरीले निकालेको थियो ।