• २०८३ असार १३
  • 2026 June 27, Saturday

सेयर बजार दोहोरो अंकले घट्यो

काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजार दोहोरो अंकले घटेको छ । मंगलबार नेप्से परिसूचक ११.८२ अंकले घटेर १९२१ को विन्दुमा पुगेको छ ।

नेप्सेमा सूचीकृत २३० कम्पनीको ३० लाख ३७ हजार ६८० कित्ता सेयर किनबेच हुँदा एक अर्ब पाँच करोड ८२ लाख ६३ हजार ५२२ रुपैयाँको कारोबार भएको छ ।