• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

नाबालिग साली बलात्कार गरेको आरोपमा भिनाजु पक्राउ

काठमाडौं । काठमाडौंको कीर्तिपुर नगरपालिका–६ मा एक नाबालिका आफ्ना भिनाजुबाट बलात्कृत भएकी छन् ।

बलात्कार आरोपमा प्रहरीले ती नाबालिकाका भिनाजु मकवानपुर घर भएका साजन प्रजालाई पक्राउ गरेको छ । बालिका कीर्तिपुरस्थित पाँगामा भिनाजुसँगै बस्दै आएकी थिइन् ।

आरोपीलाई शुक्रबार पक्राउ गरेर अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले जानकारी दिए।