• २०८३ जेठ २२
  • 2026 June 05, Friday

आफ्नै घरको पानी ट्यांकीभित्र डुबेर असनमा एक जनाको मृत्यु

काठमाडौं । असनको मखन गल्लीस्थित एक घरको पानी ट्यांकीमा खसेर एक जनाको मृत्यु भएकाे छ ।

मृत्यु हुनेमा ५९ वर्षीय केशरत्न स्थापित छन् । उनी आफ्नै घरको भुइँतलाको पानी ट्यांकीभित्र डुबेको अवस्थामा मृत फेला परेका हुन् ।

राति पानी आएपछि पानी भर्न गएका स्थापित ट्यांकीमा खसेको अनुमान प्रहरीको छ ।