काठमाडौं । कर्मचारी सञ्चय कोषमा जागिरको अवसर प्राप्त हुने भएको छ ।
उसले कर्मचारी नियुक्तिका लागि दरखास्त आह्वान गरेको छ । मंगलबार सूचना जारी गर्दै कर्मचारी सञ्चय कोष पुल्चोक ललितपुरले कर्मचारी माग गरेको हो ।
सञ्चय कोषले नवौं तहदेखि कार्यालय सहायकसम्मका लागि आवेदन आह्वान गरेको छ । अनलाइनबाट २१ दिनभित्र आवेदन दिन सकिने सूचनामा उल्लेख छ ।
दोब्बर दस्तुर तिरेर थप एक सातासम्म दरखास्त दिन सकिने कोषले बताएको छ ।
