• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

बुधबार पनि घट्यो सुन चाँदीको मूल्य, कतिमा भइरहेकाे छ काराेबार ?

काठमाडौं । साप्ताहिक कारोबारको चौथो दिन बुधबार पनि नेपाली बजारमा पहेँलो धातु (सुन)को मूल्य घटेको छ ।

विगत केही दिनदेखि ओरालो लागिरहेको सुनको मूल्य बुधबार तोलामा २०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

तोलामा २०० रुपैयाँले घटेपछि बुधबार छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार ३०० रुपैयाँ कायम भएको छ। यस्तै, तेजाबी सुनको मूल्य ९३ हजार ८०० रुपैयाँ कायम भएको छ ।

यसअघि मंगलबार पनि सुनको मूल्य तोलामा २०० रुपैयाँले बढेको थियो । मंगलबार छापावाल सुनको मूल्य ९४ हजार ५०० रुपैयाँ थियो । यस्तै, तेजाबी सुनको मूल्य ९४ हजार रुपैयाँ प्रतितोला थियो ।

बुधबार चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँले घटेर प्रतितोला १ हजार १७० रुपैयाँ कायम भएको छ । मंगलबार चाँदीको मूल्य १ हजार १७५ रुपैयाँ प्रतितोला थियो ।